Ad Area

घोराही उपमहानगरपालिका, ३ महिनामा विकास बजेट २ प्रतिशत


दाङ, ७ पुस । घोराही उपमहानगरपालिकाले पहिलो त्रैमासिकसम्ममा २ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो ३ महिनाको अवधिमा २ प्रतिशत मात्र पुँजीगत खर्च गरेको हो ।

उपमहानगरको समग्र कार्यक्रममा १ अर्ब ६ करोड ६८ लाख ९ हजार ५ सय बजेट रहेकोमा ३ महिनाको अवधिमा २ करोड ७ लाख ६९ हजार ५ सय ६८ रुपैयाँ मात्र खर्च गरेको घोराही उपमहानगरपालिकाले वेभसाइटमा राखेकोको त्रैमासिक प्रतिवेदनमा उल्लेख छ । जुन २ प्रतिशत मात्र हो । चालुतर्फ २२ प्रतिशत खर्च गरेको छ । चालुतर्फ १ अर्ब २७ करोड २२ लाख ६९ हजार ५ सय बजेट रहेकोमा ३ महिनाको अवधिमा २८ करोड ६१ लाख ७७ हजार ७ सय ४१ रुपैयाँ खर्च गरेको छ । उपमहानगरपालिकाले ३ महिनाको अवधिमा जम्मा १३ प्रतिशत बजेट खर्च गरेको छ । जम्मा २ अर्ब ३३ करोड ९० लाख ७९ हजार बजेट रहेकोमा ३० करोड ६९ लाख ४७ हजार ३ सय ९ रुपैयाँ खर्च गरेको छ ।

उपमहानगरपालिकाअन्र्तगत ३ महिनाको अवधिमा जम्मा ९.०६ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ १९.१६ प्रतिशत र पुँजीगत खर्च २.२६ प्रतिशत खर्च भएको छ । संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमअन्र्तगत जम्मा २२.३८ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ २५.९४ प्रतिशत खर्च भएको छ । यो अवधिमा पुँजीगत बजेट भने खर्च हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सरकारअन्र्तगत हस्तान्तरित चालु तथा पुँजीगत बजेट खर्च हुन सकेको छैन ।

आन्तरिक आम्दानी ३० करोड

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा आन्तरिक स्रोतबाट ३० करोड २६ लाख ११ हजार ४ सय ७९ रुपैयाँ ६८ पैसा जम्मा गरेको छ । एकीकृत सम्पत्ति करबाट ४२ लाख ४२ हजार २ सय ३३ रुपैयाँ ३३ पैसा, भूमि कर मालपोत ३५ लाख ३५ हजार १ सय ९ रुपैयाँ ८ पैसा, घर बहाल कर २ लाख ७९ हजार ६ सय १२ रुपैयाँ ७४ पैसा, बहाल बटौरी कर ३ लाख ३९ हजार ६ सय ७० रुपैयाँ, सवारी साधन कर (साना सवारी) १३ हजार ६ सय ५० रुपैयाँ, अखटोपहारमा लाग्ने कर २ लाख ६९ हजार ४ सय ४ रुपैयाँ ९० पैसा, अन्य सेवा तथा बिक्रीबाट १८ लाख १२ हजार ८ सय ६६ रुपैयाँ ६५ पैसा राजश्व संकलन गरेको छ ।

यसैगरेर शिक्षा क्षेत्रबाट ३४ हजार ८ सय, नक्सा दस्तुर ३ लाख ६७ हजार २ सय ९८ रुपैयाँ ५३ पैसा, सिफारिस शुल्कबाट २८ लाख ६ हजार ८ सय २ रुपैयाँ ४६ पैसा, दण्ड जरिवानाबाट २ हजार ३ सय ६० रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना जफतबाट १३ हजार ९ सय ७१ रुपैयाँ २ पैसा, अन्य राजश्वबाट ४ लाख ६५ हजार १ सय ६० रुपैयाँ ३९ पैसा, व्यावसायिक करबाट २५ लाख ९८ हजार ६ सय ७८ रुपैयाँ २९ पैसा र बैंक मौज्दात २८ करोड ३२ लाख २९ हजार ७ सय १ रुपैयाँ ४५ पैसा छ । बैंक मौज्दातलाई आन्तरिक आम्दानीमा राखिएका कारण यो अवधिमा आन्तरिक आम्दानी धेरै भएको हो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad