Ad Area

नेपाली कांग्रेस क्षेत्र न. २ ले अन्तरक्रिया गर्ने


घोराही, ६ पुस । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

क्षेत्रिय समितिको वुधवार बसेको नियमीत बैठकले क्षेत्रीय समितिको आयोजनामा क्षेत्रका उपमहानगरपालिका, गाँउपालिका र वडा सभापतिहरुको उपस्थितिमा संगठन सुदृढिकरण विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रिय समितिको संस्थापकदेखी हालसम्मको कार्यसमितिको अभिलेखीकरण राख्ने र जसकालागी सचिव हिमबहादुर डाँगी संयोजक, सचिव आर.के.शीतल र कोषाध्यक्ष गोपालप्रसाद भुषाल सदस्य रहेको अभिलेख तयारी समिति गठन गरेको छ । समितिले विभिन्न अग्रज एवं पूर्ण कार्यसमिति सँगको सल्लाहमा अभिलेख तयार पार्ने छ ।

बैठकले फागुन महिनाको घुम्ती बैठक एवं अन्तरक्रिया कार्यक्रम बंगलाचुलीमा गर्ने र जसको व्यवस्थापनकालागी कोषाध्यक्ष गोपालप्रसाद भुषाल संयोजक रहेको समिति गठन गरेको छ । जसको सदस्यहरुमा खुमाकुमारी खड्का, लक्ष्मी गिरी थापा, शान्ता घिमीरे, मधुसुदन अधिकारी, जयभोला परियार, हिमाल महरा रहेका छन् ।
बैठकले लुम्बिनी प्रदेश सभा सदस्य लोकीकुमारी बि.कलाई बधाई ज्ञापन गरेको छ । यस्तै बैठकले नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर ९ का क्षेत्रिय प्रतिनिधी गोविन्द डाँगीको ६० बर्षको उमेरमा र क्षेत्रीय सदस्य पदम शर्माको हवुरआमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी पवित्रादेखी शर्माको १०२ बर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

Blog Post Ad Blog Post Ad