Ad Area

पुस्तक तथा स्टेसनरी व्यवसायीको साधारणसभा


दाङ,९ पुस । पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङको २४ औँ साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । २०५३ मा तदर्थ समिति गठन गरि २०५५ मा विधिवत दर्ता भएको समितिले शनिवार घोराहीमा २४ औं बार्षिक साधारणसभा मनाउको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले उत्पादक र पाठकविचको पुलको काम गर्ने पुस्तक तथा स्टेसनरी व्यवसायी सस्थाहरु गुणस्तरीय बस्तुको बजारीकरणसँगै व्यवसायिक मर्यादा कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष शंकर शर्माको अध्यक्ष तथा पुस्तक तथा स्टेसनरी व्यवसायी समिति लुम्विनी प्रदेशका अध्यक्ष भैरवबहादुर रावलको प्रमुख आतिथ्यता एवं पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका सस्थापक अध्यक्ष देवीप्रसाद गुप्ताको विशिष्ट आतिथ्यतामा भएको साधारणसभा बोल्दै बक्ताहरुले पुस्तक तथा स्टेसनरी व्यवसायीहरुले नाफा मात्रै नभएर सामाजिक क्षेत्रमा समेत ठुलो योगदान गर्दै आएको बताएका थिए । प्रकाशकले निकालेको पुस्तक पाठक समक्ष पु¥याउन पुलको काम गर्ने हुँदा व्यवसायिक स्वस्थता कायम गरेर व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

निजी व्यवसायीहरुले समयमै पुस्तक उपलव्ध गराएपनि जनक शिक्षा सामग्रीले समयमा पुस्तकहरु उपलव्ध गराउन नसक्दा त्यसको मार व्यवसायीहरुले समेत खेप्नुपर्ने अवस्था रहेको बताएका थिए । अन्य सहभागीहरुले अस्वस्थ प्रतिष्पर्धाले कसैको हित नहुने भन्दै आगामि दिनमा वर्षेनी क्षेत्रगत रुपमा पुस्तक प्रदर्शनी गर्न सुझाव । कितावको महत्त्वलाई हरेकमा बुझाउन एक ठाउँमा उभिन अपिल गरेका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेश अध्यक्ष रावलले व्यवसायीक हकहितसँगै स्वच्छ प्रतिष्पर्धा गरेर व्यवसायीहरु अघि बढ्नुपर्ने बताएका थिए । उनले विगतदेखि नै यो व्यवसाय उपेक्षामा पारिएको भन्दै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा दाङ जिल्लाका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश सचिव घनश्याम बरालले विद्यमान चुनौति सामना गरेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा पत्रकार गोविन्द खड्का, पुस्तक व्यवसायी हरि पोख्रेल, लमही क्षेत्रका क्षेत्रीय संयोजक कमलबहादुर खड्कालगायतले बोलेका थिए ।

संस्थाको सांगठनिक प्रतिवेदन सचिव प्रेमप्रकाश डिसी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तीर्थ बहादुर डाँगीले प्रस्तुत गरेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष केशवराज सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमप्रकाश डिसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad