Ad Area

बाह्रकुने दहमा समितिको नयाँ कार्यालय उद्घाटन


घोराही,१० पुस । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थति बाह्रकुने दहमा माघी मेला नजिकेसंगै पहल बढेको छ । बराहक्षेत्र संरक्षण सम्बद्र्धन धार्मिक समितिले मेलाको तयारीलाई तिव्रता दिदै आएको छ ।

मेला तथा समितिको कामकाजलाई थप व्यवस्थित बनाउन समितिले आइतवार एक कार्यक्रमको आयोजना गरी समितिको कार्यालय नयाँ भवनमा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उदघाटन घोराही उपमहानगरपालिका १३ नं. वडा अध्यक्ष डुल्लुराम पोख्रेलले गरेका हुन ।

समितिका अध्यक्ष देवबहादुर घर्तीको अध्यक्षता एवं वडा अध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सल्लाहाकार रविलाल घर्ती, कानुनी सल्लाहाकार शिवप्रसाद घिमिरे, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय कोहलपुरका ईन्जिनियर राजकुमार निरौलाले समितिको काम प्रगतिमुलक भएकाले कार्यालयको व्यवस्थापनले कार्यप्रगतिमा थप सहयोग पुग्ने आसा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति पोख्रेलले बराहक्षेत्र लुम्बिनी प्रदेशको महत्वपूर्ण धार्मिक र पर्यटकिय क्षेत्र भएकाले सबैले यस क्षेत्रको विकासको लागि हातेमालो गर्नुपर्ने बताए । समितिका कोषाध्यक्ष धनराज पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिव घर्ति मगरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad