Ad Area

दाङमा ईटा व्यवसायी संघद्वारा मूल्यवृद्धि


दाङ,१० पुस । दाङमा ईटाको मूल्य वृद्धि भएको छ । दाङ देउखुरी इटा उद्योग व्यवसायी संघको आइतवार भएको भेलाले हाल कोइला, इन्धन, मजदुर तथा बैंक ब्याजमा अत्याधिक बृद्धि भएको भन्दै दाङ जिल्लामा इटाको मुल्यमा हेरफेर गर्ने निर्णय गरेको हो ।

दाङ देउखुरी ईटा उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको भेलाले यहि पुस ११ गते सोमवारदेखि लागु हुने गरि १ नम्वर ईटाको मूल्यमा प्रति गोटा १५ रुपैयाँ र २ नम्वर ईटामा प्रति गोटा १० रुपैया मूल्यवृद्धि गर्ने निर्णय गरेको संघका सचिव युद्धबहादुर डिसी (सन्तोष)ले जानकारी दिएका छन् ।

सचिव डिसीका अनुसार भेलाले खन्जड ईटा प्रति ट्रली दश हजार र टुक्रा ईटा प्रति ट्रली ६ हजार रुपैयामा विक्रि गर्ने निर्णय गरेको छ । साथै भेलाले नयाँ ईटाको उत्पादन मूल्यमा आगामी माघको १६ गतेदेखि लागु हुने गरी अहिले वृद्धि गरिएको मूल्यमा थप एक रुपैया वृद्धि गर्ने निर्णय गरेको छ । संघमा आवद्ध जिल्लामा ३२ वटा इटा उद्योगहरु रहेका छन् ।

Blog Post Ad Blog Post Ad