Ad Area

व्याजको विरोधमा प्रदेश भरका उवासंघले प्रदर्शन गर्ने


दाङ, १२ पुस । राष्ट्र बैकले बृद्धि गरेको बैकको व्याजको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

बैक व्याजको विरोधमा आन्दोलन गदै आएका उद्योग वाणिज्य संघहरुले पुस १३ वुधवार विरोध प्रदर्शन गर्ने भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा कार्यक्रम हुन लागेको हो । सबै उद्योग वाणिज्य संघहरुको सह भागितामा दिउसो साढे १ वजे प्रदर्शन गर्न उनले जानकारी दिए ।

विहान भने ढुवानीका गाडीहरुले विहान ९ वजे ¥याली निकाल्ने भएका छन् । ¥याली बहुदेश्य सभा गृह वाट सुरु भएर वजार परिक्रममा गरेर सभाहलमा पुगेर समापन गरिने भएको छ । प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय दाङ मार्फत ज्ञापन पत्र राष्ट्र« बैक, नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाइने भएको छ । जिल्लामा भेला भएका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले थप आन्दोलन कार्यक्रम घोषणा गर्ने भएका छन् ।

आन्दोलनका विषयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ चेम्वर अफ कर्मश, वस्तुगत समिती, तथा विभिन्न संघ संस्थाहरु संग छलफल गरिएको छ । छलफलमा सहभागिहरुले बैकको व्याजको विरोधमा हुने आन्दोलनमा आफुहरुको तर्फ वाट सक्रिय सहभागिता जनाउने बताएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । छलफल कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

व्याज वृद्धिले गर्दा व्यावसायीहरु समेत पलायन हुदै गएका छन् । वुधवार हुने विरोध प्रदर्शनमा सहभागि सम्पुर्ण पिडित उद्योगी, व्यावसायी, आम नागरिकहरुमा दाङ जिल्ला उद्योग वाणिज्य संघले आग्रह समेत गरेको छ । बैकको व्याजको विरोधमा अहिले देश भरका आन्दोलन भइ रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad