Ad Area

बंगलाचुलीमा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य सुरु


दाङ,१४ पुस । दाङको बंगलाचुली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य थालिएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्वर ६ र ८ बाट विवरण संकलनको कार्य थालनी गरिएको छ । वडा नम्वर ६ मा पुस २४ गते सम्म विवरण संकलन गरिने छ।त्यसैगरी वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहाका अनुसार सो वडामा पुस २४ गते सम्म विवरण संकलन गरिने छ ।आज वडा नम्वर ८ मा महिला पुरुष गरि ४५ जनाको विवरण संकलन गरिएको छ ।

यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को विभिन्न टोलमा भोलि देखि सुरुभई पुस २२ गते सम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने छ। भने गाउँपालिकाको अन्य वडाहरुमा पनि विवरण संकलनको काम चल्ने छ ।राष्‍ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान हो ।

डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ । यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्‍त गर्नु भनेको राष्‍ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्‍याउनु हो ।

नेपाल सरकारले २०६६र०६७ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्‍ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिनेछ र यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा अनुसार नेपाल सरकारको मिति २०६७ साल असार १६ को निर्णयानुसार गृहमन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७ साल साउन १ मा राष्‍ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र को स्थापना भएको हो ।

२०७५ साल असोज २८ मा उक्त केन्द्र र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकिकृत गरी राष्‍ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गर्ने निर्णय भए अनुसार राष्‍ट्रिय परिचयपत्रको काम समेत यसै विभागबाट हुदै आएको छ ।

Blog Post Ad

आर्थिक बर्ष २०७५÷०७६ मा पाँचथर जिल्लाका नागरिकहरु तथा सिंहदरबार परिसरका कर्मचारीहरुलाई राष्‍ट्रिय परिचयपत्र वितरण गरी राष्‍ट्रिय परिचयपत्रको सफल परीक्षण भइसकेको छ । अहिले देशभर राष्ट्रियपरिचय पत्र निर्माणका लागि विभागबाट कर्मचारीहरु विभिन्न पालिकाहरुमा पुगेर विवरण संकलनको काम भईरहेको छ ।

यसै अभियान अनुसार बंगलाचुली गाउँपालिकामा पनि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा राष्‍ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीहरुले परिचयपत्रका लागि विवरण संकलन थालेका हुन् । यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर सुवासले राष्ट्रिय परिचपपत्र निर्माणका लागि भईरहेको विवरण संकलनमा सहभागी भई सबैले आफ्नो विवरण टिपाउन अनुरोध गर्नुभएको छ ।

उहाँले राष्ट्रिय परिचपत्र निर्माण जस्तो महत्वपूर्ण अभियानमा कोहीपनि नछुट्नेगरी विवरण टिपाई राज्यलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो । अध्यक्ष पुनले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकलाई हरेक सरकारी कामकाजमा सहजता हुने भएकाले सकभर कोहीपनि नछुट्न अनुरोध गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad