Ad Area

प्रतिष्ठानमा किड्नीका बिरामीलाई डाइलासिस सेवा


दाङ,१४ पुस । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा किड्नका बिरामीलाई डाईलासिस सेवा सुरु भएको छ । आईसियु तथा भेन्टिलेटरमा उपचारारत बिरामीको किड्नीमा समस्या आए आईसियु कक्षभित्र नै डाईलासिस सेवा सुरु भएको हो।

उपचारकै क्रममा बिरामीको किड्नीमा समस्या आए मेडिसिन र एनेस्थेसियोलोजिष्टको समन्वयमा डाइलासिस सेवा सुरु भएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा रमेश कडेलले जानकारी दिएका छन् । डाइरेक्टर कडेलले यो सेवा पश्चिमयता पहिलो भएको दाबी गरेका छन् ।

प्रतिष्ठानका आईसियु इन्चार्ज एनेस्थेसियोलोजिष्ट डा राजन शाक्यले यसअघि आईसियुमा उपचारारत बिरामीलाई किड्नीको डाइलासिस गराउन अस्पतालको तल्लो तलामा ल्याउनु पर्ने बाध्यता रहदै आएकोमा अब आईसियु कक्षमा यो सेवा सुरु गरेपछि त्यो बाध्यता हटेको बताए ।

Blog Post Ad Blog Post Ad