Ad Area

राप्ती गाउँपालिमा स्वास्थ्य होल्डीङ सेन्टर भवन निमार्ण कार्य सुरु


दाङ, १५ पुस । दाङको राप्ती गाउँपालिका वडा नं.८ पिपरीमा १६ शैयाको स्वास्थ्य होल्डीङ सेन्टर भवन निमार्ण कार्य सुरु भएको छ । प्राकृतिक प्रकोप तथा कोभिड–१९ को रोकथाम र नियन्त्रण लगायत अन्य महामारी रोगहरुका कारण बिरामी परेका बिरामीहरुलाई राख्नका लागि स्वास्थ्य होल्डीङ सेन्टर बन्न लागेको हो ।

जापान सरकारले खानेपानी तथा स्वास्थ्यको माध्यमबाट साना तथा मझौला शहरी परियोजन मार्फत उपलब्ध भएको करिब कुल ३ करोड सहयोग मध्ये १ करोड ८० लाख रुपैयाँको लागतमा सो भवन बन्न लागेको हो ।

पारामाउन्ट कन्स्ट्रक्सन प्रालि ललितपुरको सम्झौतामा भवन तथा प्रयोगशाला सहितको सुविधा युक्त भवन बन्न लागेको छ । सो सेन्टरमा ८ महिला र ८ पुरुष गरी १६ शैया बन्ने छ भने अत्याधुनिक ल्याब सहित अपांगमैत्री शौचालय समेत निर्माण गरिने भएको छ ।

त्यस्तै ट्याक्टर सहित एक वटा मोबाईल शैचालय रहने छ भने ४ हजार जनताहरुलाई स्वास्थ सचेतना मुलक तालिमहरुको आयोजना गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।