घोराहीमा पुस्तक प्रदर्शनी हुँँदै
घोराही, १५ पुस । पुस १७ गते आइतबारदेखि ३० गते शनिबारसम्म साझा प्रकाशन उपशाखा कार्यालय घोराहीमा पुस्तक प्रदर्शनी हुने भएको छ । प्रर्दशनी कार्यक्रममा २५ देखि ८० प्रतिशतसम्म छुट दिइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले बताए ।
यसैवर्ष वैशाख २ देखि २५ गते पनि साझाले पुस्तक प्रदर्शनी गरेको थियो । त्यसैगरी भदौ १६ गतेदेखि ३१ गतेसम्म पनि पुस्तक प्रदर्शनी भएको थियो । अघिल्लो पटक भन्दा पछिल्लो समय अझ बढी कारोबार भएको शोरुमका तेजबहादुर वलीले जानकारी दिएका छन् ।
प्रदर्शनीमा २०४० सालसम्मका पुस्तकहरुमा ५० प्रतिशत, २०५० सालभित्रका ४० प्रतिशत र २०५१ सालपछि प्रकाशित पुस्तकमा ३० प्रतिशत छुट दिइने छ ।
यसैगरी सबै किसिमका शब्दकोषमा २५ प्रतिशत र अन्य प्रकाशनका पुस्तकमा ३० प्रतिशत छुट सुविधा छ ।