Ad Area

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु


काठमाण्डौ, १७ पुस । झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा चार वटा हात्तीको समूहले घर भत्काउँदा टाउकोमा ब्लकले लागेर कृष्णकुमारी भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीले घर भत्काउने क्रममा शान्तिराम भण्डारी र उनकी श्रीमती कृष्णकुमारी भण्डारी घाइते भएका थिए । घाइतेको उपचारका लागि अस्पताल पु¥याउँदा श्रीमती कृष्णकुमारी भण्डारीको ज्यान गएको हो । शान्तिराम भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad