जन्मदिनको अवसरमा खाद्यान्न सहयोग
दाङ, १८ पुस । घोराही उप महानगरपालिका–१८ मसिना निवासी नेपाली कांग्रेसका युवा नेता तथा कलाकार गणेश बेलवासेले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् ।
वेलवासेले प्रेरणाको लागि अभियान नेपाललाई खाद्यान्न सहयोग गरेका हुन । प्रेरणाको लागि अभियान नेपालले मानसिक विरामी भएका मानिसहरुलाई राखेर उचार गदै आएको छ । अहिले ७ जनालाइ राखेर उपचार गराइ रहेको संस्थाले जनाएको छ । उनले ५ बोरा चामल, १ वोरा दाल, चिउरा, नुन, तेल मिठाइ सहयोग गरेका हुन ।
वेलवासेले प्रेरणाको लागि अभियान नेपाल संस्थाका अध्यक्ष श्रीधरकुमार लम्साललाइ हस्तान्तरण गरेका हुन । सबैको सहयोग रहेमा संस्थालाइ काम गर्न सहज हुने अध्यक्ष लम्सालले बताए । ‘जन्मदिनको अवसरमा गरिने खर्च कसैलाइ सहयोग भनेर यसरी सहयोग गरेको वेलवासेले बताए । जन्मदिनलाई अनावश्यक खर्च गरेर भन्दा पनि रचनात्मक तरिकाले मनाउनुपर्ने उनको भनाइ रहेको छ ।
बेलवासेले आफनो जन्मदिनको अवसरमा सामाजिक तथा रचनात्मक काम गदै आएका छन् । उनले जन्मदिनको अवसरमा म्याराथुन दौड, गाउँघरमा रहेका गरिव तथा विपन्न परिवारलाई सहयोग गदै आएका छन् । ‘अनावश्यक खर्च भन्दापनि सहयोग गर्नेतर्फ मेरो इच्छा छ’ उनले भने ।