Ad Area

एउटै कुवाको पानीको भरमा एक सय परिवार


 

प्युठान, १८ पुस । प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्न बाध्य छन् ।

तोरबाङ, जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै महिना ठुलापधेंरा कुवाको पानी पिउँछन् । गाउँको नजिकमा कतै पनि पानीका मूल नभएकाले कुवाको पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीय लोकबहादुर पुनले पुनले भने, ‘एक गाग्री पानी लिन एक घण्टा लगाएर कुवामा पुग्नुपर्छ अनि घण्टौँ पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।’

एउटै कुवामा गाउँले निर्भर हुनुपर्ने भएपछि बिहान उज्यालो नहुँदै कुवामा पानी भर्नेको लर्को देखिन्छ । खानेपानीको समस्याले घरायसी कामकाजमा बाधा परेको उनको भनाइ छ । चुनावको बेला नेताहरूले पानी ल्याइदिने आश देखाए पनि अहिले फर्केर नआएको स्थानीयको गुनासो छ ।

पानीको समस्या भएकाले यी बस्तीमा पानीको व्यवस्था गर्न सङ्घीय सरकारबाट परेको ३ करोड रुपियाँ बजेट आएकाले काम सुरु गर्ने तयारीमा रहेको वडाध्यक्ष धनबहादुर पुनले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad