Ad Area

पाँचौँ संस्करणको मेयर कप उदघाटन खेलमा साविक विजेता वडा १८ र ६ बीच खेल हुने


घोराही, १८ पुस । घोराही उपमहानगरपालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही पुस २० गतेबाट खेल हुने भएको छ । लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् ।

चार समुहमा विभाजन गरिएको खेलमा समुह ए मा वडा नम्बर १२, १०, ९ र १६ रहेका छन् भने समुह बी मा वडा नम्बर ५, ७, १, ६ र १७ रहेका छन् । यसैगरी, समुह सी मा वडा नम्बर २, १, ३, १९ र १३ रहेका छन भने समुह डी मा वडा नम्बर १४, ११, २ र १५ रहेका छन् ।
घोराही १८ नवलपुर खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १८ र वडा नम्बर ६ बीच दिउँसो सवा १ बजे खेल हुनेछ । पहिलो अर्को खेल पौने ३ बजे वडा नम्बर १२ र वडा नम्बर १० बीच खेल हुनेभएको छ ।

लिग चरणका सबै खेल बिहान २ वटा र दिउँसो २ वटा खेलाउने गरी तालिका बनाईएको छ । लिगचरणको खेल पुस २९ गतेसम्म हुनेछ । क्वाटर फाईनल पुस २९ र ३० गते हुनेछ भने सेमिफाईनल माघ ४ गते तथा फाईनल खेल माघ पाँच गते हुनेगरी खेल तालिका सार्वजनिक गरिएको घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो । गत पुस २ गते यो वर्ष लिग कम नकआउट चरणमा फुटबल खेलाउने निर्णय भएअनुसार खेल तालिका बनाईएको उहाँले बताउनुभयो ।

खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि स्थानीय सरकारले संचालन गर्दै आएको प्रतियोगितामा पालिकाभरबाट सहभागीता रहेको सामाजिक विकास शाखा प्रमुख विनोद गौतमले बताउनुभयो ।

उहाँका अनुसार, विगत वर्षहरुमा वडा कार्यालयले सिफारिस गरेको आधारमा खेलाडीलाई खेलमा मान्यता दिएकोमा यो पटक वडाले गरेको सिफारिसले मान्यता दिएको छैन । खेलमा भाग लिने खेलाडीको खेलाडीको जन्मदर्ता, नागरिकता प्रमाण पत्र, बसाईसराई आदि पहिचान खुल्ने विवरणका आधार खेलाडीलाई सहभागी गराइएको उहाँले बताउनुभयो । गत वर्षभने कोरोनाका कारण मेयरकप हुन सकेको थिएन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad