Ad Area

घोराहीमा घर नक्सा पास अभिलेखीकरण कार्य खुला, जरिवाना करमा छुट


दाङ,१९ पुस । घोराही उपमहानगरपालिकाको १२ औं नगरसभा तथा अधिवेशनले केही योजना र ऐनहरु संशोधन गरेको छ । सोमबार बसेको सभाले चालु आर्थिक वर्ष २०७९÷०८० का केही योजना तथा कार्यक्रम संशोधन गरेको हो ।

वडा तहबाट परिवर्तन गर्नुपर्ने भनी आएका योजना तथा कार्यक्रमहरु संशोधन भएका छन् । कार्यक्रम सञ्चालन हुन नसक्ने भएको र योजना परिवर्तन गर्नुपर्ने भएका त्यस्ता योजनाहरु संशोधन भएका हुन् । त्यसैगरी नगरसभाले घर नक्सा पास तथा अभिलेखीकरण कार्य खुला गर्ने निर्णयलाई पास गरेको छ । घरनक्सालाई व्यवस्थित गर्ने र भूकम्प प्रतिरोधी भवन बनाउन प्रेरित गर्ने गरी अभिलेखीकरण गर्ने भएको हो ।

भवन निर्माणसंहिता अनुसार सबै घरहरुलाई अभिलेख गरी सुरक्षित गराउने उपमहानगरले जनाएको छ । विधि पुगेका, प्राविधिकरुपले योग्य भएका, नक्सा पासमा छुटेका घरहरुलाई प्रक्रिया पु¥याएर नक्सा पास गरिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । यो प्रक्रियामा दुईदेखि तीन महिना सम्म आवेदन खुला गरेर सबै घरहरुको अभिलेख राखिने भएको छ ।

त्यसैगरी, नगरको शिक्षा ऐन २०७५ लाई समेत संशोधन गरिएको छ । जस अनुसार शिक्षा, युवा तथा खेलकूद महाशाखाको सट्टा सामाजिक विकास महाशाखा राख्ने, संघ र प्रदेशबाट छनोट भएका बाहेक नगर कार्यपालिकाबाट नमूना विद्यालय छनोट गर्ने, नगरभित्र हरेक वर्ष शिक्षक, कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलान नगर शिक्षा समितिले गर्ने भएको छ ।

Blog Post Ad Blog Post Ad