Ad Area

जन्मदिनको अवसरमा पत्रकार जिएमद्वारा न्यानो कपडा सहयोग


घोराही, २१ पुस । आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएका सन्चारकर्मी दीपक जिएमले यस वर्षपनि वौद्धिक अपांगता भएका बालबालिकाहरुलाई न्यानो कपडा, मास्क र फ्रुटी सहयोग गरेका छन।

चिसोबाट जोगाउन विद्यालयमा आवासीय रुपमा बस्दै आएका घोराही १४ बालमन्दिरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा सहयोग गरेका हुन ।

विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई १५ वटा ब्ल्याङकेट र ६ थान डसना विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई हस्तान्तरण गरेका हुन । आफ्नो जन्म दिनको अवसरमा हरेक वर्ष विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आएकोमा यो पटक पनि थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

पत्रकार जिएमले घोराहीबाट संचालित राजमार्ग अनलाईन संचालन गर्दै आएका छन् । जन्मदिनको फजुल खर्च कटाएर बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै सहयोगप्रति विद्यालय परिवार आभारी भएको प्रधानाध्यापक भण्डारीले बताएका छन ।

त्यस अवसरमा बिद्यालयका शिक्षक, दाङ निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका मगरलगायतको उपस्थिती रहेको थियो । बालमन्दिर आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरुले न्यानो कपडासँगै अरु सामान पाएपछि हर्षित भएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad