Ad Area

घोराहीमा जारी मेयर कपमा २, ७ र १४ वडा बिजयी


घोराही, २१ पुस । यसैविच घोराहीमा जारी पाँचौ मेयर कप प्रतियोगिताका विहिवार भएका खेलहरुमा वडा नं. २, ७ र १४ बिजयी भएका छन् भने वडा नं. ८ र ९ बराबरी खेलेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १८ स्थीत नवलपुर खेल मैदानमा भएको प्रतियोगिताको दोश्रो दिनको बिहान भएको पहिलो खेलमा वडा नं. २ ले वडा नं १ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । प्रतिष्पर्धात्मक खेलमा वडा नं. २ ले समूह चरणको खेलमा जीत निकालेको हो ।

त्यसैगरी विहानको दोस्रो खेलमा वडा नं. १४ ले वडा नं. ११ लाई ५–० को अन्तरले पराजित गरेको छ । वडा नं. ११ माथि हावि भएको वडा नं. १४ ले उत्कृष्ठ खेल प्रदर्शन गर्दै ५–० को जीत निकाल्न सफल भएको हो । विहीवार दिउँसो भएको पहिलो खेलमा वडा नं. ८ र ९ बराबरीमा रोकिएका छन् । प्रतिष्पर्धात्मक खेलमा दुवै टिमकातर्फबाट १–१ गोल भएपछि दुवै टिम बराबरीमा रोकिएका हुन । विहीबारको अन्तिम खेलमा वडा नं. ७ ले २–० गोल अन्तरले वडा नं. ५ लाई पराजित गर्दै मेयर कपमा बिजयी सुरुवागत गरेको छ ।

लिक कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा घोराही उपमहानगरपालिका पालिकाका १९ वटै वडाको सहभागिता रहेको छ । चार समुहमा विभाजन गरिएको खेलमा समुह ए मा वडा नम्बर १२, १०, ८, ९ र १६ रहेका छन् भने समुह बी मा वडा नम्बर ५, ७, १, ६ र १७ रहेका छन् । यसैगरी समुह सी मा वडा नम्बर २, १, ३, १९ र १३ रहेका छन भने समुह डी मा वडा नम्बर १४, ११, २ र १५ रहेका छन् । बुधवारदेखि सुरुभएको मेयर कप प्रतियोगिता माघको ५ गतेसमम संचालन हुने भएको छ ।

Blog Post Ad Blog Post Ad