Ad Area

मेयर कप फुटवल : ३, १२, १५ र १७ वडा बिजयी


दाङ,२२ पुस । पाँचौ मेयर कप फुटबल प्रतियोगिताको तेश्रो दिन चार वडाहरु बिजयी भएका छन् । लिग चरणको तेश्रो दिनका खेलहरुमा वडा नं. ३, १२, १५ र १७ नम्वर वडा बिजयी भएका हुन ।

घोराही उपमहानगरपालिका वडा न १८ नवलपुरस्थीत खेल मैदानमा भएको शुक्रवार बिहानको पहिलो खेलमा वडा नं. ३ बिजयी भएको छ । वडा नं. ३ ले वडा नं. १९ लाई ५–१ गोल अन्तराले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । त्यसैगरी शुक्रवार विहानको दोश्रोत खेलमा वडा नं. १५ ले वडा नं. ४ लाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा जीत निकाल्न सफल भएको हो ।

त्यसैगरी शुक्रवार दिउँसो भएको पहिलो खेलमा वडा नं. १२ बिजयी भएको छ । लिग चरणको पहिलो खेलमा वडा नं. १० सँग २–० ले पराजित भएको वडा नं. १२ ले लिग चरणको आफ्नो दोश्रो खेलमा वडा नं. १६ लाई ४–३ गोल अन्तरले पराजित गर्दै जित निकाल्न सफल भएको हो । जीतसँगै वडा नं. १२ ले ३ अंक प्राप्त गरेको छ । त्यसैगरी दिउँसको दोश्रो खेलमा वडा नं. १७ बिजयी भएको छ । वडा नं. ५ सँगको प्रतिष्पर्धात्मक खेलमा वडा नं. १७ ले १–० को साधुरो जीत निकाल्न सफल भएको हो । प्रतियोगितामा वडा नं. ५ लगातार दोश्रो पटक पराजित हुन पुगेको छ ।

लिक कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा घोराही उपमहानगरपालिका पालिकाका १९ वटै वडाको सहभागिता रहेको छ। चार समुहमा विभाजन गरिएको खेलमा समुह ‘ए’ मा वडा नम्बर १२, १०, ९ र १६ रहेका छन् भने समुह ‘बी’ मा वडा नम्बर ५, ७, १, ६ र १७ रहेका छन् । यसैगरी समुह ‘सी’ मा वडा नम्बर २, १, ३, १९ र १३ रहेका छन भने समुह ‘डी’ मा वडा नम्बर १४, ११, २ र १५ रहेका छन् ।