Ad Area

घोराहीमा माघ सास्कृतिक महोत्सव शुरु


घोराही, २२ पुस । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु कल्याणकारिणीसभा दाङको आयोजनामा सुरु भएको दुई दिने महोत्सवको मुख्य उद्देश्य थारु समुदायका परम्परागत, भेष भुषा संरक्षण तथा थारु परिकारको प्रचारप्रसारसँगै संरक्षणमा सहयोग पु¥याउने रहेको छ ।

महोत्सवको उद्घाटन लुम्विनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले गरेका हुन । महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले थारु जाती कला संस्कृतिमा धनी भएपनि संरक्षण हुन नसकेको बताए । उनले भाषा र अधिकार स्थापितको लागि सरकारले काम गर्नुपर्ने बताए । उनले महोत्सवले थारुहरुको कला, संस्कृति संरक्षणमा महत्वपूर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे ।मन्त्री चौधरीले कला संस्कृतिमा देखिएका विकृतीहरु हटाउदै नयाँ पुस्ता अगाडि वढनुपर्ने समेत सुझाव दिएका छन ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रचण्डबिक्रम न्यौपाने, सीता चौधरी, प्रतिनिधि सभाका निवर्तमान सदस्य शान्ता चौधरी, नेपाली काँग्रेस दाङका जिल्ला सभापति शकरप्रसाद डाँगी, नेकपा एमालेका जिल्ला सचिव मनोहर वुढाथोकी, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय जन मोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, मतहवा महासंघ नगर अध्यक्ष चन्द्रप्रसाद चौधरी, घोराही खानेपानी संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, थारु वुद्धि जिवी कुलविर चौधरी, मुक्त कमलहरी विकास मञ्चका अध्यक्ष हिरा चौधरी लगाएतकाले सुभकामना मनतव्य राखेका थिए ।

थारु कल्याणकारिण सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सभाका उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सभाका सचिव प्रकाश चौधरीले गरेका थिए । कार्यक्रममा थारुजातीको विकास ,कला संस्कृतिको क्षेत्रमा विकास पु¥याएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

थारु जातीको भेष भुषा संस्कृति हराउदै गएकोले संरक्षण गर्न महोत्वको आयोजना गर्न थालिएको थारु कल्याणकारिण सभा दाङका अध्यक्ष चौधरीले बताए । महोत्सव सनिवार सम्म चल्ने छ । ‘आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान सामाजिक न्याय सहितके संमृद्धिम हमार योगदान ’ भन्ने महोत्सवको मुख्य नारा छ ।