Ad Area

पुस २७ गते सार्वजनिक बिदा !


दाङ, २५ पुस । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते ३०१औँ पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो । गणतन्त्र आएसँगै पृथ्वी जयन्तीमा विदा कटौती भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो ।