Ad Area

पाँचौँ संस्करणको मेयर कप फुटबलमा लिग समीकरण रोचक बन्दै


घोराही, २७ पुस । घोराहीमा जारी पालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा लिग समीकरण रोचक बन्दै गएको छ । चार वटा समुह रहेको प्रतियोगितामा चार वडाको क्वाटर फाईनल यात्रा तय भई सक्दा बाँकी चार वटा टीमको लिग समीकरण निकै रोचक बन्दै गएको हो ।

खेलकोे आठौँँ दिनमा बुधबार भएको खेलबाट वडा नम्बर १२ समुह ए को उपविजेता बन्दै ७ अंकका साथ क्वाटर फाईनलमा प्रवेश गरेसँगै अब समुह बी र सी बाट क्वाटर फाईनलको टुंगो लाग्न बाँकी छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर १२ ले वडा नम्बर ९ लाई २–१ गोलले पराजित गरेको हो । यस्तै, समुह बी मा रहेको वडा नम्बर १८ ले अपराजित रहँदै ७ अंकका साथ क्वाटर फाईनलको सम्भावना जिवितै राखेको छ । उसले वडा नम्बर ६ लाई हराएपनि वडा नम्बर १७ सँग बराबरी खेल्दै अंक बाँडेपछि अंक तालिकामा असर गरेको छ । उता वडा नम्बर १७ पनि ७ अंकका साथ क्वाटर फाईनलको यात्रामा छ ।

सोही समुहमा रहेको वडा नम्बर ६ उदघाटन खेलमा वडा नम्बर १८ सँग पराजित भएपनि त्यसपछिका खेलमा वडा नम्बर ७ र ५ लाई हराँउँदै ६ अंकका साथ तालिकाको तेश्रो स्थानमा रहेको छ भने क्वाटर फाईनलको सभावना जीवित राखेको छ । अब वडा नम्बर ६ र १७ बीचको खेलमा वडा नम्बर १७ लाई बराबरी खेले पनि पुग्नेछ भने वडा नम्बर ६ ले जितेमा मात्रै क्वाटर फाईनलमा प्रवेश गर्नेछ । यस्तै, समान ७ अंक रहेको वडा नम्बर १८ र ३ अंक रहेको वडा नम्बर ७ बीचको खेलमा वडा नम्बर १८ लाई पनि बराबरी खेलेपनि पुग्नेछ ।

यसैगरी, समुह सीमा रहेका वडा नम्बर २ र ३ ले बुधबारको खेलमा १–१ गोलको बराबरी खेल्दै क्वाटर फाईनलको सम्भावना जिवितै राखेका छन् । दुवै वडाको ७–७ अंक रहेको छ । अब वडा नम्बर ३ र १३ को खेलमा वडा नम्बर १३ लाई बराबरीमा रोकेमा पुग्नेछ । यदि वडा नम्बर ३ हारेमा अंक तालिकामा भर पर्नुपर्नेछ । उता वडा नम्बर २ ले लिग चरणका सबै खेल खेल्दै ७ अंक जोडेको छ तर वडा नम्बर १३ पराजित भएको क्वाटर फाईनलमा पुग्नेछ । अन्यथा अगाडिको सम्भावना सकिनेछ ।

यसैगरी, आगामी खेलबाट बाहिरी सकेका वडा नम्बर १ र १९ बीचको खेलमा वडा नम्बर १ ले १९ लाई २–१ गोलले पराजित गरेको छ । अब प्रतियोगिता अन्तरगत बिहीबार क्वाटर फाईनल प्रवेश गरिसकेको वडा नम्बर १० र वडा नम्बर १६ बीच खेल हुनेछ भने लिग समीकरणमा निकै रोचक बन्दै गएको वडा नम्बर ६ र १७ बीच बिहान खेल हुनेछ । दिउँसोका खेलमा वडा नम्बर ३ र १३ तथा वडा १६ र ८ बीच खेल हुने प्रतियोगिता आयोजक समिति संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो । लिग चरणका खेलहरु अन्तिम चरणमा पुग्नै लाग्दा समीकरण पनि रोचक बन्दै गएको छ ।

Blog Post Ad

अहिलेसम्म समुह ए बाट वडा नम्बर १० र १२, समुह डी बाट वडा नम्बर १४ र १५ क्वाटर फाईनलमा पुगिसकेका छन् भने समुह बी र सीको अझै टुंगो लाग्न बाँकी छ । यी समुहको टुंगो अबको खेलबाट लाग्नेछ । लिग चरणका खेलहरु आगामी २९ गतेसम्म हुनेछन् । त्यसपछि क्वाटर फाईनल खेल हुनेछ । पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको प्रतियोगिताको फाईनल खेल भने माघ ५ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad