नेपाली साहित्यमा कवि केसीको अमेरिकी डायोस्पोरा

घोराही १२, कार्तिक । कवि गीतकार खिम केसीले एकल रचना वाचन कार्यक्रममा आफ्ना एक दर्जन सिर्जना प्रस्तुत भएको छ ।
राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा शुक्रबार घोराहीमा भएको ६८औँ नियमित श्रृंखला अन्तर्गत एकल रचना वाचनमा कवि गीतकार केसी सुनिनुभएको हो । रोजगारीको सिलसिलामा अमेरीका बस्दै आउनुभएको कवि केसीले गृह जिल्ला दाङ आएको छेको पारेर राप्ती साहित्य परिषदले उहाँको कविता प्रस्तुत गर्ने अवसर जुराएको हो ।
सो अवसरमा आफ्ना भोगाई, समाजका विविध आयाम, रंग रस, बदलिँदो परिवेशलगायतलाई बिम्बात्मक लयलाई कलात्मक शैली केन्द्र विन्दुमा पारेर रचना गर्नुभएको कविता, गजल र गीत आफैले वाचन गरी सुनाउनु भयो । उहाँले करीव २ घण्टाको अवधिमा कविता, गीत गजल सुनाउँदै रचना गर्भका विषय र त्यसको अर्थका बारेमा पनि व्याख्या गर्न भ्याउनुभयो । कवि केसीले ५ वटा कविता, ३ वटा गजल र २ वटा गीत दर्शक श्रोता सामु सुनाउनुभयो ।
यस्तै, उहाँकै अंग्रेजी भाषामा रचना गरिएको सुन्दरता शीर्षकको कविता विमल भण्डारीले वाचन गर्दै अर्थ्याउनुभयो । थारु भाषाको बठिनियाँ शीर्षकको कविता कवि प्राध्यापक केबी चौधरीले रोचक शैलीमा वाचन गर्नुभयो ।
जिल्लास्थित अग्रज दिग्गज साहित्यकार, कविहरुको बाक्लो उपस्थिती रहेको एकल रचना वाचनमा कवि केसीले आफ्ना शब्द सिर्जनालाई वाचन मार्फत मन्त्रमुग्ध पार्न सफल हुनुभयो । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङ अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता, संस्थाका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार गिरीराज शर्माको प्रमुख आतिथ्यतामा साहित्यिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा समलोचक एवंं साहित्यकार डा. अमर गिरी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख एवं साहित्यकार मित्रप्रसाद गौतम, प्रलेस लुम्बिनी प्रदेश संयोजक केशव थापा, प्रगतिशील लेखक संघका अध्यक्ष भुवन देवकोटा, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार नारायण नेपाल, राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष कमलमणि देवकोटा, उपाध्यक्ष नगेन्द्र गुरु, साहित्यकार डा. हीमलाल पन्थीलगायत अग्रज साहित्यकारहरुको विशेष उपस्थिती रहेको थियो । शाखा सहसचिव प्रवल विष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।
https://www.facebook.com/105949018513481/videos/4551379471642971