Ad Area

हिरा डाँगी स्मृति कप : सक्सेस सेमिफाइनलमा


लक्ष्मण बस्नेत
तुलसीपुर,१२ कार्तिक । दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ मा सक्सेस फुटबल क्लब तुलसिपुरले सेमिफाइनल प्रवेश गरेको छ ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजनामा तुलसीपुर अरनिको खेल मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा रुकुम फुटबल क्लबलाई एकका विरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लबले सेमिफाइनल यात्रा तय गरेको हो । खेलमा सक्सेसका जर्सी न ११ का अरुण चौधरीले पहिलो हाफ्को ९ औ मिनेटमा पहिलो गोल गरे । उनले नगद दुई हजार हात पारे । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी न १४ का सन्दिप चौधरी म्यान अफ द म्याच भए । उनले ट्रफीसंगै नगद एक हजार पाँच सय हात पारे ।

यसैगरी टरिगाउ युवा क्लब तुलसीपुर–१२ प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ । दिउँसो भएको खेलमा उसले नवलपुर फुटबल एकाडेमीलाई शून्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले पाखा लगाउदै क्वाटर फाइनल यात्रा तय गरेको हो ।

खेल टरिगाउँका जर्सी न ९ का खेलाडी अर्जुन नेपालीले पहिलो गोल गरे । उनले नगद दुई हजार हात पारे । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने जार्सी न ८ का लेखनाथ महर म्यान अफ द म्याच भए । उनले ट्रफीसंगै नगद १५ सय हात पारे । यसैबीच प्रतियोगिता अन्तरगत शनिवार बिहान सात बजे पछि हुने पहिलो क्वाटर फाईनल खेलमा युएनबिसी घोराही र बिआरडी फोर ब्रदर्स नवलपरासी भिड्नेछन् भने दिउँसो साढे दुई बजे हुने क्वाटर फाईनल खेलमा साहारा फुटबल क्लब लखनउ र एसएसएफए तुलसीपुर भिड्ने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिएका छन् ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad