Ad Area

मोटरसाईकल दुर्घट्ना हुँदा एकको मृत्यु


घोराही, २८ पुस । दाङमा मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ११ अवलडाडाँस्थित अवलडाडाँबाट नारायणपुरतर्फ जादै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घोराही–१० ललौरा निवासी १८ बर्षीय सरोज चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार चौधरीको टाउकोमा चोट लागेको र उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन् ।

त्यस्तै सोहि मोटरसाईकलमा सवार सोहि ठाउँ निवासी २३ वर्षिय ऋषिराज चौधरी र मोटरसाईकल चालक १९ वर्षिय मंगल चौधरीलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad