Ad Area

घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने


दाङ,२८ पुस । दाङको घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङको आयोजनामा आउने माघको १३ र १४ गते ‘दोश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता–२०७९’ हुन थालेको हो ।

जिल्लामा खेकलुद क्षेत्रको विकाससँगै खेलाडीहरुको प्रतिभा पहिचानका लागि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको अल्फा तेक्वान्दो डोजाङ प्रमुख तथा खेलाडी सुनिता विष्टले जानकारी दिएकी छिन् । उनका अनुसार घोराही उपमहानगरपालिका–१४ स्थीत घोराही कवर्ड हलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुष खेलाडीहरुले ११ वटा तौल समूह र महिला खेलाडीहरुले ९ वटा तौल समुहमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा पुरुष खेलाडीले २० केजी तौल समूह, २३ केजी तौल समूह, २६ केजी तौल समूह, २९ केजी तौल समूह, ३२ केजी तौल समुह, ३५ केजी तौल समूह, ३८ केजी तौल समुह, ४१ केजी तौल समूह, ४५ तौल समूह , ४९ केजी तौल समूह र ५१ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने भएका छन् । त्यसैगरी महिला खेलाडीतर्फ २२ केजी तौल समूह, २५ केजी तौल समुह, २८ केजी तौल समुह, ३१ केजी तौल समुह,३५ केजी तौल समूह, ३९ केजी तौल समूह,४३ केजी तौल समूह, ४६ केजी तौल समूह र ४९ केजी तौल समूहमा महिला खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्यसैगरी पुम्सेतर्फ पुरुषतर्फ अण्डर ग्रीन बेल्टतर्फ ३ र ४ र अण्डर रेड बेल्टतर्फ ५ र ७ नम्वरमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ पनि पुम्सेमा अण्डर ग्रीन बेल्टतर्फ ३ र ४ र अण्डर रेड बेल्टतर्फ ५ र ७ नम्वरमा समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रमुख बिष्टका अनुसार प्रतियोगितामा सहभागिताका लागि जिल्लाभरका डोजाङहरुले माघको ११ गते साँझ ५ बजेसम्म टिम दर्ता गराईसक्नुपर्ने छ ।

Blog Post Ad Blog Post Ad