बाह्रकुने दहमा भेडा र भालेको प्रतिमा अनावरण
दाङ,२८ पुस । माघे संक्रान्ति नजिकिएसँगै घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा भेडा र कुखुराको भालेको प्रतिमा अनावरण गरिएको छ ।
बाह्रकुने दहस्थीत कान्छा बराह थानमा बलिदिनका लागि भेडाहरुलाई नुहाउनका लागि निर्माण गरिएको सानो पोखरीको विचमा निर्माण गरिएको भेडा तथा भालेको प्रतिमा एक कार्यक्रमकाबिच विहीवार विहान घोराही उपमहानगरपालिकाका पूर्व नगर प्रमुख बलिभद्र रानामगरले अनावरण गरेका हुन ।
उक्त प्रतिमा दाताहरू प्रेमबहादुर बुढामगरको ३ लाख ९ हजार ८०० सयको सहयोगमा भेडा र मुक्त बुढामगरले ५१ हजारको रुपैयाको लागतमा भालेको प्रतिमा निर्माण गरिउको बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।