Ad Area

मेयर कपमा वडा नम्बर १० सेमिफाइनल प्रवेश


घोराही, ३० पुस । स्ट्राइकर मनु न्यौपानेको एक गोल प्रेरित वडा नम्बर १० पाँचौं संस्करणको मेयर कप फुटबल २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

घोराही उपमहानगरपालिकामा जारी वडा स्तरीय मेयर कप फुटबलमा शनिबार बिहान भएको पहिलो क्वाटरफाइनलमा वडा नम्बर २ लाई १-० गाेलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
घोराही १८ नवलपुर फुटबल मैदानमा भएको
खेलमा खेल शुरु भएको ५२ मिनेटमै वडा नम्बर १० का स्ट्राइकर मनु न्यौपानेले गरेको गोल नै निर्णायक बन्यो ।
डि बक्समा आएको बललाई दायाँ रोकेर प्रहार गरेको बल बायाँ बार च्याप्दै गोल पोष्ट चुमेको थियो । योसँगै वडा नम्बर १० जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टीम बनेको छ । अब वडा नम्बर १० ले सेमिफाइनलमा माघ ४ गते वडा नम्बर १४ र १८ बिचको खेलको विजेतासँग खेल्नेछ ।
यसअघि चौथो संस्करणमा वडा नम्बर २ सँग भएको खेलमा वडा नम्बर १० पराजित हुँदै बाहिरिएको थियो । अघिल्लो संस्करणमा ३-१ गोलको हारको बदला लिँदै वडा नम्बर १० ले सेमिफाइनल यात्रा तय गरेको छ ।

अब शनिबार दिउँसो दोश्रो क्वाटर फाईनलमा वडा नम्बर १४ र १८ बिच खेल हुनेछ । वडा नम्बर १८ साविक विजेता हो भने उसले २ पटक मेयर कप जितेको छ ।

क्वाटरफाइनलमा वडा नम्बर २, ६, १०, १३, १४,१५, १७ र १८ प्रवेश गरेका छन् । पुस २० गतेबाट शुरु भएको मेयर कपमा पालिकाभरका १९ वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल माघ ५ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad