Ad Area

मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते


तुलसीपुर, ३० पुस । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत दुधरास चोक नजिकै मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते भएका छन् । घाइतेका पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरकिा अनुसार घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको से ६प ८९७८ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १च १३०६ नम्बरको कार शनिवार साँझ करिव ६ बजे दुधरास चोक नजिकै एक आपसमा ठोक्किएका थिए ।

Blog Post Ad Blog Post Ad