Ad Area

मोटरसाइकल अनियंत्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु


घोराही,२ माघ । दाङमा मोटरसाइकल अनियंत्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज सोमबार बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा-सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार निवासी मोटरसाइकल चालक २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १८ वर्षीय विवेक चौधरी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुबैको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएका दुबैजनाको हात,खुट्टा र टाउकोमा गम्भीर चोट रहेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरी जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad