Ad Area

सत्तागठबन्धनबाट लुम्बिनीको सभामुखमा माओवादी र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने


घोराही, २ माघ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ ।

सत्तारुढ दलहरको सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो । सहमति अनुसार आजै सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ (२) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी समानुपातिक सांसद मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गर्दैछिन् ।

प्रदेश सभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो । मुख्यमन्त्री एमालेले लिएको हुँदा सभामुखमा माओवादी केन्द्र र उपसभामुखलाई दिने दलहरुको सहमति भएको छ ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनमा नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४र४, जसपा, जनमत र लोसपाका ३ र ३ र दुई स्वतन्त्र सांसदहरु रहेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एकरएक सांसद रहेका नेकपा एस र जनमोर्चा गरी २९ जना विपक्षमा छन् । प्रदेश सभाको अंक गणित अनुसार घर्ती र खाँण निर्वाचित हुने निश्चित छ । सत्तापक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले उम्मेदारको टुंगो लगाउन सकेको छैन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad