Ad Area

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ


तनहुँ, ३ माघ । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।
नाबालिगलाई झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पलले बलात्कार गरेको भन्दै उनको परिवारले तनहुँ प्रहरीमा उजुरी दिएका थिए ।

पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो। नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो। जिल्ला अदालत तनहुँले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

Blog Post Ad Blog Post Ad