Ad Area

मेयरको फाईनलमा वडा नम्बर १४ प्रवेश


घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३-१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १४ फाईनलमा पुगेको हो।

घोराही १८ नवलपुर फुटबल म‌ैदानमा जारी प्रतियोगितामा वडा नम्बर १४ लाई जित दिलाउन बिरेन्द्र बिकले २ र अनमोल डाँगीले १ गोल गर्नुभयो । वडा नम्बर १० का सुरज बस्नेतले १ गोल गर्नुभयो । प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १० ले गोल गर्ने थुप्रै मौका गुमाउँदा सेमिफाइनलबाट बाहिरिएको छ ।

बिरेन्द्र बिकले खेल सुरु भएको १ मिनेटमै गोल गर्नुभएको थियो । सेन्टरबाट पाएको बललाई अघि बढाउँदै प्रहार गरेको बल वडा नम्बर १० का गोलकिपर आकाश बिकले फुस्काएपछि उहाँले बललाई जाली चुमाउनुभएको थियो । लगत्तै आक्रामक बनेको वडा नम्बर १० का सुरज बस्नेतले जवाफी गोल फर्काउँदै १(१ को बराबरीमा ल्याएपनि पहिलो हाफको ४० मिनेटमा बिरेन्द्र बिकलेट डिबक्सबाट गोल पोष्टमा गरेको प्रहार गोलकिपरले सही नियन्त्रणमा लिन नसक्दा खुट्टाको मुनिबाट गोल हुन पुगेको थियो ।

यस्तै खेलको दोश्रो हाफमा वडा नम्बर १४ का अनमोल डाँगीले डिफेन्स क्लियर गर्दै एक्लै गोल गर्नुभयो । सेन्टरबाट पाएको पासलाई दुई डिफेन्डर क्लियर गरेपछि गोल किपरलाई झुक्याउँदै बिना दबाब थप थोल गर्नुभएको हो । योसँगै वडा नम्बर १४ ले सेमिफाइनलमा ३-१ गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।

यसैबीच जारी प्रतियोगितामा वडा नम्बर १४ का बिरेन्द्र बिकले सर्वाधिक ११ गोल गरिसक्नुभएको छ । आज सेमिफाइनलमा दुई गोल गरेसँगै बिकको गोल संख्या ११ पुगेको हो । उहाँले वडा नम्बर १५ लाई १, वडा नम्बर ११ लाई १, वडा नम्बर ४ लाई ७ तथा वडा नम्बर १० लाई २ गोल गर्दै हालसम्म ११ गोल गरिसक्नु भएको छ ।

जारी प्रतियोगितामा वडा नम्बर १८ का समित पुन मगरले पनि ११ गोल गर्नुभएको छ। यद्यपि वडा नम्बर ११ प्रतियोगिताबाट बाहिरी सकेको छ । यस्तै वडा नम्बर १५ का सुशील बानियाँले पनि ९ गोल गर्नुभएको छ । प्रतियोगिताको फाईनल खेल माघ ५ गते हुनेछ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad