Ad Area

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा गाैतम


घोराही, ६ माघ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रथम अधिवेशनले विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय गौतमको अध्यक्षतामा नयाँ कार्यसमित सर्वसम्मत रूपमा चयन गरेको हो ।

प्रेस युनियनको प्रदेश खुला उपाध्यक्षमा जयसिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा शम्सेरबिक्रम जिसी, कोषाध्यक्षमा सीपी खनाल निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा प्रकाश रेग्मी, वसन्त बन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, बिष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबिन शर्मा चापागाई, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई घिमिरे, अनु खनाल, भीमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रबिन्द्र यादव, सुरेश परियार रहनुभएको छ ।

अधिवेशनले लेखा समिति संयोजकमा मुक्तिप्रसाद न्यौपानेलाई चयन गरेको छ । जसको सदस्यमा इन्द्रजित रेग्मी र प्रकाश घिमिरे रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad