Ad Area

बाल शिक्षा सदन घोराहीले मनायो १२ औँ स्थापना दिवस तथा अभिभावक भेला


घोराही, ७ माघ । घोराही १५ भरतपुरमा रहेको बाल शिक्षा सदनको १२ औँ स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल सम्झना आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा अधिकृत नारायण पौडेलको प्रमुख आतिथ्यमा शनिबार दिवस तथा अभिभावक भेला सम्पन्न भएको हो ।

सो अवसरमा पौडेलले बालबालिकाको भविष्य निर्धारण गर्ने आधार तल्लो तहबाट हुने हुँदा बालबिकास केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकाको भविष्य उज्ज्वल बनाउन बाल शिक्षा सदनले गरिरहेको प्रयास प्रशंसायोग्य रहेको बताउनुभयो । बालबालिकालाई राम्रो र संस्कारी बनाउन परिवारको जिम्मेवारी हुने हुँदा त्यो कर्तव्यपालनामा लाग्नु पनि आग्रह गर्नुुभयो । कार्यक्रममा अभिभावक ध्रुव ज्ञवाली, विद्यालयका सल्लाहकार भरत बुढाथोकी, मावि धर्नाका प्राधानाध्यापक ऋषिराज अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा विद्यालयमा विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कार समेत वितरण गरिएको थियो भने सांस्कृतिक कार्यक्रम पनि भएको थियो । विद्यालयकी पूर्व प्रधानाध्यापक रिता पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुनिल गौतमले गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad