Ad Area

उपमेयर कप छात्रा भलिबलमा बालविकास, गोरखा र गोरक्ष मावि विजयी


घोराही, ७ माघ । घोराही उपमहानगरपालिकामा जारी तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ अन्तरगत दोश्रो दिन शनिबार भएको खेलमा बालविकास मावि, गोरखा मावि र गोरक्ष रत्ननाथ माविले विजयी हासिल गरेका छन् ।

घोराही १५ शहिद मन्चमा जारी नकआउट प्रतियोगितामा बालविकास माविले सरस्वती मावि काठेकोललाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ भने अर्को खेलमा गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले रझेना माविलाई २–१ को सेटमा हराएको छ ।

पहिलो खेल गोरखा माविले जितेपनि दोश्रो खेल मावि रझेनाले जितेपछि खेल रोमान्चक बनेको थियो । तर, अन्तिम सेटपनि गोरखाले जित्दै नतिजा आफ्नो पक्षमा पारेर अन्तिम आठमा प्रवेश गरेको छ । यसैगरी, शनिबार भएको अन्तिम खेलमा गोरक्ष रत्ननाथ मावि चौघेराले स्टार बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा हराएको छ ।

प्रतियोगिता अन्तरगत अब आईतबार तेश्रो दिन पहिलो खेल मावि निघुवार र मनकामना बोर्डिङ स्कुल बीच हुनेछ भने दोश्रो खेल जयशेर मावि रावतगाउँ र सिद्धरन्तनाथ मावि नारायणपुरबीच खेल हुनेछ । कुल १६ टीम सहभागी भएको खेलमा क्वाटर फाईनलको पहिलो खेलमा आईतबार पद्मोदय पब्लिक नमूना मावि भरतपुर र महेन्द्र मावि धर्नाबीच हुने भएको प्रतियोगिता आयोजक समिति संयोजक एवम् नगरप्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो । शुक्रबार पद्मोदय माविले रतनपुर माविलाई र महेन्द्र मावि धर्नाले गंगा मावि रामपुरलाई हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।

दुई समुह बनाएर खेलाईएको खेल नकआउटका आधारमा रहेको छ । समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् । यस्तै, समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् ।

आगामी ११ गते फाईनल खेल खेलाईने खेलमा कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ । यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो ।

Blog Post Ad

प्रतियोगिताको उपाधि विजेताले नगल ५० हजारसहित शिल्ड, मेडल पाउने गरेको छ । गत वर्षभने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो । विद्यालय तहबाटै छात्राहरुलाई खेल क्षेत्रमा प्रेरित गर्ने लक्ष्यका साथ घोराही उपमहानगरले प्रतियोगिता संचालन गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad