Ad Area

घोराहीमा टीभीएस ग्राण्डएक्स्चेन्ज महामेला, जहाँ पाईन्छ विभिन्न सुविधा


घोराही, ८ माघ । टीभीएस मोटर्सले साविक राप्ती अंचलमै पहिलो पटक ग्राण्डएक्स्चेन्ज महामेला विशेष सुविधासहित दाङको घोराहीमा शुरु गरेको छ ।

राप्ती अंचलमै पहिलो पटक घोराहीमा शुरु भएको टीभीएस ग्राण्डएक्स्चेन्ज महामेला घोराही १५ को कर्मचारी मिलन केन्द्रमा माघ १३ गतेसम्म संचालन भईरहेको टीभीएस मोटरसाईकलको घोराहीस्थित आधिकारिक बिक्रेता नोबेल ट्रेडिङका संचालक चित्र बिष्टले जानकारी दिनुभयो ।

ग्राण्डएक्स्चेन्ज महामेलाको आज आईतबार एक समारोहका बीच दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले उद्घाटन गर्नुभयो । महामेला उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले अहिलेको व्यस्त समयमा मानिसको सहज र छरितो यात्राका लागि टीभीएस ब्राण्डका मोटरसाईकल र स्कुटरले विश्वास जितिरहेको बताउनुभयो । घोराहीमा ६ दिनसम्म चल्ने महामेलाको भरपुर लाभ उठाउन पनि ग्राहकवर्गमा उहाँको अपिल थियो ।

नोबेल ट्रेडिङ प्रालि घोराहीका अनुसार, महामेलामा मोटरसाईकल खरिद गर्नेले सिधै ८ हजार तथा स्कुटर खरीदमा ६ हजार नगद छुट पाउने छन् । यसैगरी जुनसुकै मोटरसाईकल वा स्कुटर एक्स्चेन्ज गर्नेले बजार मुल्यभन्दा थप ७ हजार थपेर मुल्यांकन गरी नयाँ मोटरसाईकल वा स्कुटर साट्न सकिने बताउनुभयो । मोटरसाईकल वा स्कुटर साट्न ल्याउँदा बिलबुक भने अनिवार्य ल्याउनुपर्ने नोबेल ट्रेडिङ प्रालिका संचालक बिष्टले जानकारी दिनुभयो ।

जगदम्बा मोटर्सका रिजनल म्यानेजर धनिराम भुसालका अनुसार, मोटरसाईकल वा स्कुटर किन्ने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने व्यवस्था रहेको छ । जसका लागि सहुलियत र सहज रुपमा रहनेगरी ११।९९ प्रतिशत ब्याजदरमा फाईनान्सको सुविधा पनि गरिएको उहाँले बताउनुभयो ।

ईएमआई सुविधामा ३ हजार ९ सय ९९ बाट शुरु भएको साथै टीभीएसका मोटरसाईकल वा स्कुटर खरीद गरेमा फ्रि एशेसरिजमा हेलमेट, बाईक कभर र ब्यागको पनि व्यवस्था गरिएको छ । महामेलामा टीभीएस ब्राण्डका विभिन्न विशेषतासहितका १ लाख ४२ हजार ९ सयदेखि ८ लाख सम्मका स्मार्ट मोटरसाईकल र स्कुटर बिक्रीका लागि राखिएको नोबेल ट्रेडिङका संचालक बिष्टले बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad