Ad Area

दाङ उवासंघले नापतौलको शिविर सञ्चालन गर्ने


दाङ, ८ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले नापतौलको सम्वन्धी शिविर सञ्चालन गर्ने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय नेपालगञ्जको सेवा जिल्लामा दिन थालिएको हो ।

शिबिर सोमबारदेखि घोराहीमा हुने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् । शिविरमा उद्योगी तथा व्यावसायीहरुले आफना नाप तौलका सामग्रीको चेक जाँच , नवीकरण, नयाँ दर्ता, गराउन सक्ने भएका छन् । उद्योगी तथा व्यावसायीहरुको सहजताको लागि आयोजना गरिएको शिविरको लाभ लिन समेत अध्यक्ष वुढाथोकीले आग्रह गरेका छन् । ‘

नाप तौलका सामग्री परीक्षण, तथा नविकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ शिविरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस’ उनले भने । उद्योगी तथा व्यावसायीहरुलाई नाप तौल कार्यालयसंग समन्वय गरेर शिविर सञ्चालन गर्न थालिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । जिल्लामा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यावसायीहरुलाई नेपालगञ्जसम्म जानुपर्ने वाध्यता रहेको छ ।

Blog Post Ad Blog Post Ad