Ad Area

दयाहाङ र मिरुनाकाे फिल्म ‘जारी’ वैशाखमा प्रदर्शन हुने


घोराही,९ माघ । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म जारी को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुनालाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनीहरू दुवै गम्भीर मुद्रामा देखिएका छन्। फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।

 

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad