सिद्ध रत्ननाथमा खेलकुद सप्ताह
दाङ, १० माघ । सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरको खेलकुद सप्ताह कार्यक्रम उद्घाटन गरिएको छ । विद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरी सप्ताहको उद्घाट गरेको हो । सप्ताहको उद्घाटन घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले गरेकी हुन् ।
खेलकुदका विभिन्न प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालयका प्रअ उत्तम खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष दीपककुमार पाण्डे र घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत घनश्याम वलीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सिद्ध रत्ननाथ क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष टोपबहादुर केसी, शिक्षक अभिभावक संघका अध्यक्ष सीता भण्डारी, नारायणपुर खानेपानीका अध्यक्ष कूलप्रसाद रजौरे (श्रवण), राष्ट्रिय प्रजातान्त्र पार्टीका बसन्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णप्रसाद न्यौपानेलगायतले भनाइ राखेका थिए । विद्यालयका अङ्ग्रेजी विषयका संयोजक शिक्षक सुशील न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक पूर्णबहादुर वलीले खेलकुद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सूचना अधिकारी शिक्षक युवराज बस्नेतले गरेका थिए ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरू गरेर १४ जनाले रक्तदान गरेका थिए । शिक्षकहरू युवराज बस्नेत, सुशील न्यौपाने, अशोक पौडेल, दीपक भण्डारी, जितेन्द्र केसी, अनिल रजौरे, सरस्वती थापा, गोमा योगी, विद्यार्थीहरू भीमा केसी, नरेश कुवर, घनबहादुर बुढा मगर, लक्ष्मी नेपाली, पूजा बुढा मगर र सम्झना बस्नेतले रक्तदान गरेका थिए । विद्यालयमा पिउने पानी फिल्टरको पनि उद्घाटन गरिएको छ ।