Ad Area

पत्रकार महासंघले खोल्यो नयाँ सदस्यता


दाङ, १२माघ ।नेपाल पत्रकार महासंघ दाङले नयाँ सदस्यता खुल्ला गरेको छ । महासंघको बुधवार बसेको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनअनुसार महासंघको नयाँ सदस्यता खुला गर्ने, नयाँ सदस्यताका लागि फाराम बुझाउन माघ २५ गतेसम्मको समय निर्धारण गरेको छ ।

महासंघ दाङ शाखा अध्यक्ष दुर्र्गालाल केसीको अध्यक्षता बसेको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ‘सुरक्षित मिडिया परियोजना’, अन्तर्गत स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

यसैगरेर बैठकले २०७९ माघ १ गते कास्कीको पोखरामा भएको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।

Blog Post Ad Blog Post Ad