Ad Area

महिलालाई महिनावारी कप


दाङ, १२ माघ । ग्रामीण महिला उत्थान केन्द्र दाङले बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ मा रहेका ३५ जना महिलालाई निःशुल्क महिनावारी कप वितरण गरेको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिका अध्यक्ष देविमाया थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनाका साथै महिलालाई आत्मनिर्भर तथा सशक्तिकरण गर्नका लागि आय आर्जनका सवालमा समेत अभिमुखीकरण गरिएको थियो ।

सिपी नेपाल सँगको समन्वय तथा ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रबद्र्धन गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दिया सँगको सहकार्यमा बर्दिया गुलरियामा रहेका महिलालाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

२०५१ सालमा स्थापना भएको यस संस्थाले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ समुदाय स्तरमा अल्पसंख्यक, विपन्न, सीमान्तकृत तथा पछाडि पारिएका समुदायहरूलाई आर्थिक तथा सामाजिक रूपमा सवल तथा सशक्त गराउने हिसाबले समुदाय केन्द्रित विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि.का मानव संसाधन शाखाका प्रमुख नेपबहादुर चौधरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाका सूचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad