Ad Area

प्रलेस दाङको मुखपत्र बहिङ्गा विमोचित


घोराही, १६ माघ । प्रगतिशील लेखक संघ दाङ शाखाको मुखपत्र बहिङ्गा विमोचन गरिएको छ। सोमबार घोराहीमा एक कार्यक्रम गरि साहित्यिक पत्रिका बहिङ्गा विमोचन गरिएको हो ।

प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् वर्तमान सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बहिङ्गा विमोचन भयो । मुखपत्र विमोचन गर्दै प्रमुख अतिथि शर्माले प्रगतिशील साहित्यका माध्यमबाट सामाजिक, साहित्यिक रुपान्तरणका लागि बहिङ्गाले खेल्दै आएको भुमिका अतुलनीय रहेको बताउनुभयो ।

उहाँले समाजमा साहित्यिक चेतनाको स्तर बढाउँदै प्रगतिशील साहित्यको जग बलियो बनाउन यस प्रकारको अभियानलाई गाउँ बस्तीसम्म लैजान आवश्यक रहेकोमा जोड दिनुभयो । विमोचित मुखपत्रको प्रलेस कोषाध्यक्ष चन्द्रबहादुर थापाले समीक्षा गर्नुभएको थियो । उहाँले बहिङ्गामा संग्रहित लेख, रचना समयको आवाज भएको बताउनुभयो ।

कार्यक्रममा राप्ती साहित्य परिषदका सल्लाहकार एवम् पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नागरिक समाज दाङका संयोजक केबी मसाल, सदस्यहरु हरिप्रसाद पाण्डेय, ऋषिराज जंगली, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, उप-प्राध्यापक सुन्दर गौतम, सिस्नोपानी नेपालका अध्यक्ष डा। लोकराज पराजुली, प्रलेस केन्द्रीय सदस्य एवम् पुरस्कार संस्थापक रामप्रसाद जैसीलगायतले भनाई राख्नुभएको थियो । उपाध्यक्ष रेशम बिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण रन्जिता शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad