Ad Area

बाख्रापालक किसानलाई घाँसको समस्या


घोराही, १७ माघ । घोराही उपमहानगरपालिका–२ निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यवसायिक बाख्रापालन गर्दै आउनुभएको छ । २० लाख रूपैया लागनी लगाएर राप्ती बोयर ब्राखा फर्म दर्ता गरेर व्यावसायिक रूपमा ५० बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका भण्डारीले जिल्लामा बाख्रापालनका लागि घाँसको समस्या भएको बताउँहुन्छ ।

परम्परागत रूपमा थोरै बाख्रापालन गर्ने किसानका लागि खासै समस्या नभएपनि व्यवसायिक रूपमा बाख्रापालन गर्ने किसानहरूलाई बाख्राको आहारको समस्या हुने गरेको भण्डारीले बताउनु हुन्छ । ‘सिजनमा घाँसको समस्या हुँदैन तर अफ–सिजनमा घाँस नै पाइदैन’, व्यवसायी भण्डारीले भन्नुभयोे,‘जसले गर्दा व्यवसायीलाई महंगो दाना किन्नुपर्ने हुन्छ र दानाले मात्रै बाख्रापालन गरेर नाफा कमाउन सक्ने अवस्था हुँदैन ।’ व्यवसायिक बाख्रापालनका लागि किसानलाई साइलेज मेसिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । सिजनमा धेरै उत्पादन हुने घाँसलाई साइलेज मेसिनका माध्यमबाट जम्मा गरेर पछिसम्म राख्न सकिने वातावरण बन्यो भने बाख्रापालन गर्ने किसानहरूलाई घाँसको समस्या नहुने उहाँ बताउँनुहुन्छ ।

व्यवसायी भण्डारीका अनुसार उक्त मेसिन २८÷२९ लाखमा किन्न सकिने भएकाले स्थानीय सरकारको सहयोग आवश्यक छ । दाना मात्रै खुवाउने, जंगलमा चराएर मात्रै बाख्रापालन गर्नसक्ने अवस्था नरहेकाले व्यवसायीक रुपमा अघि बढ्ने किसानले घाँसलाई स्टोर गरेर राख्न अत्यन्त आवश्यक रहेको उहाँेको भनाइृ छ । ‘नजिकमा वन हुने र वन समूहले चराउन दिँदा चराउने हो तर कतिपय वनजंगलमा बाख्रा चराउन पनि पाइँदैन’, उहाँले भन्नुभयोे,‘त्यस्तो अवस्थामा व्यवसायीलाई साइलेज मेसिन आवश्यक छ ।’ परम्परागत रूपमा आपूmहरूले घाँसलाई पछिसम्म खुवाउनका लागि बनाएर राख्ने गरेपनि व्यवसायिक बाख्रापालनका लागि त्यो भरपर्दाे छैन ।’

यसैगरी अर्का व्यवसायी प्रशान्त बुढाथोकीले जिल्लामा व्यवसायिक रूपमा लागेका किसानहरूलाई घाँसकै समस्या भएको बताउनुहुन्छ । विगत दुई वर्षदेखि घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्रामा जयन्ती पशुपन्छी फर्म दर्ता गरेर व्यवसायिक बाख्रापालनमा लाग्नुभएका बुढाथोकीले उत्पादन भएका बाख्राहरू विक्री गर्नुभन्दा पनि पालनका लागि घाँस तथा दाना जुटाउन समस्या हुने गरेको बताउँहुन्छ । ‘जिल्लामा बाख्रापालक किसानलाई घाँसको ठूलो समस्या छ ।

उत्पादन भएका खसी विक्रिमा छैन’,उहाँले भन्नुभयो,‘सिजनमा खेतबारीमा उत्पादन भएको घाँसले धान्ने गरेपनि सधैँभरिलाई पुग्दैन । उहाँले सिजनको घाँसलाई स्टोर गरेर राख्नका लागि साइलेज मेसिन भइदिए जिल्लाभरका व्यवसायीलाई पशुपालनका लागि सहज हुने बताउनुहुन्छ । साइलेज सिजन भए सिजनमा खेर जाने घाँसलाई समेत स्टोर गरेर राख्न सकिने उहाँ बताउनुहुन्छ ।

दाङ सिर्जनशील पशुपन्छी सहकारी संस्थाका उपाध्यक्ष समेत रहनुभएका बुढाथोकीले मेसिन उपलब्धका लागि आर्थिक श्रोत जुटे व्यवसायिक घाँस खेतीका लागि करिब १२ विगाह जमिन समेत खोजिसकेको बताउनुहुन्छ । ‘सहकारीले घाँस उत्पादनका लागि जग्गा समेत खोज्ने काम गरिरहेको छ तर मेसिन किन्ने पैसा छैन’, उपाध्यक्ष बुढाथोकीले भन्नुभयो,‘स्थानीय सरकारले सहयोग गरे व्यवसायीलाई ठूलो सहयोग मिल्ने थियो ।’ जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसान बढेपनि घाँसको समस्याका कारण धेरै किसानहरू समस्यामा पर्ने गरेको बताउनुहुन्छ ।

व्यवसायिक रूपमा बाख्रापालन गर्ने किसानहरूले जग्गा भाडामा लिएर घाँसखेती गरेपनि सिंचाइको सुविधा नहुँदा १२ महिना घाँस उत्पादनमा समस्या हुने गरेको व्यवसायी बुढाथोकी बताउनुहुन्छ । दाङ सिर्जनशील पशुपन्छी सहकारी संस्थाका उपाध्यक्ष प्रशान्त बुढाथोकीका अनुसार जिल्लामा सहकारीमा आबद्ध ९६ जना व्यवसायिक किसानहरू जिल्लामा रहनुभएको छ । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने भएपछि धेरै युवाहरू वैदेशिक रोजगारी छोडेर यस पेसामा आबद्ध हुनुभएको छ ।