Ad Area

दाङ महिला जेसीजद्वारा जयशेर माविमा लागुऔषध नियन्त्रणबारे सचेतना


घोराही, १७ माघ । दाङ महिला जेसीजले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिकावडा–६ रावतगाउँस्थित जयशेर माविमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई मंगलवार एक कार्यक्रम गरी लागुपदार्थ दुव्र्यसनी सम्वन्धी सचेतना प्रदान गरिएको हो ।

जेसीजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा जयशेर मावि रावतगाउँका प्रधानाध्यापक गणेश रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षकमा लागुऔषध दुव्र्यसनी रोकथाम अभियान नेपालका लुम्बिनी प्रदेश संयोजक वसन्त रहेका थिए । उनले लागुऔषध र यसले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा अभिमुखीकरण गरेका थिए । यसैगरी, कुलतबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा पनि जानकारी गराएका थिए ।

किशोर उमेरमा बालबालिकाहरु लागुपदार्थको कुलतमा फस्दा अनाहकमा जीवन बर्बाद पार्ने अवस्था सिर्जना भएको हुँदा स्वस्थ नागरिक बनाउने अभियानमा घरपरिवार, विद्यालय र समाजका सचेत नागरिक जिम्मेवार हुनुपर्ने बताए ।

लागुपदार्थको कुलतबाट बचाउन अहिले परिक्षणको सजिलो विधि आएकाले कोही कसैले ढाँट्न, छल्न नपाउने हुँदा शंका लागेका जो कोहीलाई किटमार्फत परिक्षण गरेर पहिचान गर्न सकिने भएको छ ।

सचेतना कार्यक्रममा सहभागी कक्षा १० मा अध्ययनरत नबिना बुढाथोकी, हुकुम रावत र भरत बुढामगरले विद्यालयमा आएर लागुऔषध दुव्र्यसनी बारेमा सचेतना प्रदान गरिएपछि आफुहरुलाई निकै खुशी लागेको बताएका थिए । किशोर उमेरमा गलत बाटो रोज्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै गरिएको यो कार्यक्रम हरेक विद्यालयमा हुनुपर्ने बताएका थिए ।

Blog Post Ad

कक्षा ८ मा अध्ययनरत विष्णा घर्तीले लागुपदार्थ दुव्र्यसनीको बारेमा निरन्तर सचेतना आवश्यक रहेको बताए । लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा करीव ३ सय विद्यार्थी सहभागी भएका थिए ।

औपचारिक कार्यक्रम शुरु हुनुअघि महिला जेसीजकी सदस्यता वृद्धि सभापति रेमन्ता पुनले आस्थापाठ गर्राएकी थिइन । वर्ष २०२३ का लागि निर्वाचित कार्यसमितिले दोश्रो पटक सामाजिक उद्देश्यसहित कार्यक्रम गरेको हो । यसअघि माघ १ गते घोराही १३ बाह्रकुने दहमा पहिलोपटक स्वास्थ्य शिविर सम्पन्न गरेको थियो ।

कार्यक्रम संयोजक उपाध्यक्ष आकृति शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष बसन्ता भण्डारीले गरेकी थिइन । कार्यक्रम सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad