Ad Area

घोराहीमा बातावरण बिज्ञसंग अन्तरक्रिया


दाङ,२० माघ । वातावरण तथा फोहोर ब्यबस्थापन सम्बन्धि बिज्ञहरुबाट कार्यक्रम पत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार घोराहीमा भएको छ ।

घोराही उपमहानगरपालिकाको आयोजना र अमेरिका नेपाल शैक्षिक आदानप्रदान आयोग केन्द्रीय वातावरण बिभाग (त्रिभुवन विश्वबिधालय)को संयोजनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकाले फोहोर ब्यबस्थापनमा राम्रो काम गरेको बताउनुभएको थियो । उहाँले स्थानीय तहले गरेका कामलाई प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहमा फोहोर ब्यबस्थापन र चुनौती बिसयमा त्रिभुवन बिश्वबिधालयका प्राध्यापक राजु चौहानले प्रस्तुतिकरण गर्नुभएको थियो। वातावरण विषयका प्राध्यापक केदार रिजालले घोराही उपमहानगरपालिकाको फोहर मैला ब्यस्थापनमा अबसर र चुनौती विषयमा प्रस्तुतिकरण राख्नु भएको थियोे ।

त्यसैगरी प्राध्यापक रामप्रसाद चौधरीले स्थानीय स्तरमा जैविक बिबिधता तथा दिगो कृषि प्रणालीको महत्त्व तथा संरक्षण विषयमा प्रस्तुति राख्नु भएको थियोे ।

घोराही उपमहानगरपालिका भित्रका समुदायहरुलाइ वातावरणिय लाभका लागि ठोस फोहोर ब्यबस्थापनमा सुधार गर्न स्थानीय पहल विषयमा क्यालिफोर्निया राज्यको बिश्वबिधालयका प्राध्यापक मोहनबहादुर डाङीले प्रस्तुतिकरण गर्नुभएको थियो।

Blog Post Ad

बिज्ञ सहितको टोलीले घोराहीका विभिन्न टोलमा पुगी फोहरलाई के कसरी ब्यबस्थापन गरेका भन्ने बारेमा अनुगमन गरेको थियोे । फोहरलाइ डम्पिङ नगरी दीगो बिकासका लागि फोहरलाइ बैज्ञानिक तरिकाले ब्यबस्थापन गर्नुपर्ने निस्कर्श निकाले थिए ।

घोराहीउपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सरसफाइ शाखा प्रमुख लक्षमण अधिकारी गर्नुभएको थियोे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, विभिन्न वडा अध्यक्ष , शाखा महाशाखाका प्रमुखको सहभागीता रहेकोे थियोे ।

Blog Post Ad Blog Post Ad