Ad Area

प्रथम दाङ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु


दाङ, २० माघ । प्रथम दाङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता शुक्रवारदेखि नारायणपुरमा सुरु भएको छ ।

नारायणपुर तेक्वान्दो डोजाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले खेल पूर्वाधार बिकास बिना सिङ्गो खेलकुदको बिकास असम्भव भएको बताउनु भएको छ ।

राज्यले खेलकुद क्षेत्र लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको तर्क गर्नु भएका पाण्डेले स्थानिय सरकारको यसतर्फ ध्यान जान आबश्यक रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेले वडाका तर्फबाट खेलकुदका भौतिक पुर्वाधार निर्माण र खेल गतिबिधिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्ता समेत ब्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथी लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले मानव जीवनको अभिन्न अंगको रुपमा रहेको खेलकुदको बिकास र बिस्तारका लागि स्थानिय स्तरबाट लाग्नुपर्ने बताउनुभयो । अब राज्यको मुख ताकेर नबसौ दरिलो आट र ईच्छा शक्ति लिएर अमग्र खेलकुदको बिकासमा जुटौ अनि मात्र बिकासले सार्थकता पाउने उहाँले भन्नुभयो ।

जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यले स्वस्थ जिवनशैलिका लागि खेलकुद महत्त्वपुर्ण भएको बताउनु भयो । साथै उहाले अनुशासनको उच्च आदर्शलाई आत्मसाथ गर्दै खेल खेल्न खेलाडिलाई आग्रह गर्नुभयो ।

नारायणपुर डोजाङ्गका प्रमुख तिलक झाक्रीमगरको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । प्रतियोगिता संचालन समितिका सदस्य प्रमोद चौधरीको स्वागत रहेको कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गर्नु भएको थियो ।

Blog Post Ad

शनिवारसम्म चल्ने प्रतियोगितामा जिल्लाका डोजाङहरुका झण्डै १ सय पचास बढी खेलाडिहरुको सहभागिता रहेको छ । प्रतियोगिताको गेरोगी पुरुषतर्फ १० र महिला तर्फ ८ तौल समूह तथा महिला पुरुष सिनियर जुनिएर पुम्सेमा कडा प्रतिस्पर्धा हुनेछ ।

Blog Post Ad Blog Post Ad