Ad Area

संघीयताको मर्म अनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी


दाङ, २१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताउनुभएको छ । लुम्बिनीप्रदेश सभाको छैठौं स्थापनादिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ ।’

संघीयताको गलतव्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन बिरोधीकार्य भएको बताउनुभयो । ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलतप्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘संघीयता बिरोधीगतिविधि सिर्जना गर्नु मुलुकको हीतबिपरितको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

संघीयताले जनतालाई अधिकार सम्पन्नबनाएको भन्दै मुख्यमन्त्रीगिरीले गाउँगाउँसम्मर घरघरसम्मविकास र समृद्धि पु¥याएको बताउनुभयो । ‘संविधानले तीनतहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्नबनाउने काम गरेका छन्’, मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवालभनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पु¥याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशबासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताउनुभयो । लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हामीसँग धेरै सम्भावनाहरु छन् ।चुनौतिपनित्यत्तिकै छन् । चुनौतिकाबीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’

समृद्ध लुम्बिनीको दायित्वप्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्री गिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको बताउनुभयो । ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तररुपमा अगाडि बढाउनुपर्दछ ।’

Blog Post Ad Blog Post Ad

Blog Post Ad