Ad Area

औषधी व्यवसायीलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन आग्रह


दाङ,२१ माघ । औषधी व्यवसायीहरुले व्यवसायस्ाँगै मर्यादित र गुणस्तरीय सेवा दिन ध्यानदिनुपर्ने बक्ताहरुले जोड दिएका छन् । नेपाल औसधी व्यवसायी संघ दाङ शाखाको तेस्रो साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले व्यवसायीहरुले व्यवसायलाई स्वच्छ,मर्यादित र गुणस्तरीय बनाउँदै सेवाग्राहीलाई सर्वशुलभ रुपमा औषधी पु¥याउन ध्यानदिन आग्रह गरेका थिए ।

नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल औषधी व्यवसायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष डा बाबुराम भट्राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय देखिएको आर्थिक मन्दीले अन्य व्यवसाय जस्तै औषधी व्यवसायीहरु समेत समस्या पारेको भन्दै बक्ताहरुले संकटमा परेका व्यवसायीलाई बचाउनका लागि औषधी व्यवसायमा स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघको केन्द्रीय प्रकाश श्रेष्ठ, नेपाल औषधी व्यवसायी संघका प्रदेश महासचवि लुकराज न्यौपाने, पिडानका लुुम्विनी प्रदेश अध्यक्ष शालिकराम आचार्य, नेपाल चिकित्सक संघ दाङका अध्यक्ष डा. कुवेर रेग्मी, नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्राई, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासघ दाङ शाखाका सचिव आर.के. शीतल, नेपाल फार्मेसी संघका सुलभ अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा संघका महासचिव श्याम गिरीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गिरिराज न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष मधुसुदन पाण्डेयको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव श्याम गिरीले गरेका थिए । साधारणसभाका अवसरमा औसधि व्यवसायका क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेर संघको हकहितका लागि भूमिका खेल्ने नेपाल औसधि व्यवसायी संघ राप्तीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य यमलाल गुप्तालगायत औषधी व्यवसायीलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने विभिन्न व्यक्तहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad