Ad Area

प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा च्याम्पियन


घोराही, २२ माघ । प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता नारायणपुरमा सम्पन्न भएको छ । नारायणपुर डोजाङको आयोजनामा घोराही १० नारायणपुर कभर्ड हलमा शुक्रबारबाट भएको प्रतियोगितामा ९ स्वर्ण पदकसहित अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन भएको छ ।

यसैगरी आयोजक नारायणपुर तेक्वान्दो डोजाङ ५ स्वर्णसहित दोश्रो हुँदा सेन्टर मावि तुलसीपुर डोजाङ ३ स्वर्णसहित तेश्रो भएको प्रतियोगिता संयोजक तिलक झाँक्री मगरले जानकारी दिनुभयो ।

जिल्लाभरका ३२ डोजाङको सहभागीता रहेको प्रतियोगितमा विधागत रुपमा उत्कृष्ट प्रदर्शन गरेका डोजाङलाई पनि पुरस्कृत गरिएको थियो । जस अनुसार अनुशासित डोजाङका रुपमा तुलसीपुरको हाम्रो पहुँच तेक्वान्दो डोजाङलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २५ देखि ५३ केजी तौल अन्तरगत १० वटा तौल समुह र महिलातर्फ २५ देखि ४६ केजी तौल अन्तरगत ८ वटा समुहमा स्पर्धा भएको थियो । प्रतियोगिताको समापन आईतबार गरिएको हो ।

Blog Post Ad Blog Post Ad