Ad Area

न्यायीक समितिमा ५६ विवाद मिलापत्र


घोराही, २३ माघ । घोराही उपमहानगरपालिका न्यायीक समितिमा आर्थिक वर्ष २०७९÷०८० को माघ २३ गतेसम्म ५६ विवादको मिलापत्र गरिएको छ ।

गत आर्थिक २०७८–०७९ बाट जिम्मेवारी सरीआएको २१ र चालू आर्थिक वर्षको माघ २३ गतेसम्म दर्ता भएको ६३ वटा गरी कुल ८४ वटा विवादमध्ये ५६ विवादको मिलापत्र भएको घोराही उपमहानगरपालिकाकी न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले जानकारी दिएकी छिन् ।

घोराही उपमहानगरपालिकाको न्यायीक समितिद्वारा चालू आर्थिक वर्षको त्रैमासिकमा सम्पादित कार्य प्रगति बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले गत वर्षको जिम्मेवारी सरीआएको २१ वटा विवादमध्ये १९ वटा विवाद मिलापत्र भएको तथा यो आर्थिक वर्षमा दर्ता भएका उजुरी मध्ये ५६ वटा विवादको मिलापत्र गरिएको बताइन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १ अन्तर्रगत पालनपोषण तथा हेरचाह नगरेको, ज्याला मजदुरी नदिएको समेत गरि २३ वटा विवाद दर्ता भएको तथा दफा २ अनुसार, जग्गा विवाद, वातावरण प्रदुषण, गाली बेईज्जती गरि १५ वटा र अन्य मध्ये अधिकांश लेनदेनसमेत २५ वटा गरि ६३ वटा विवाद दर्ता भएको छ ।

यो आर्थिक वर्षमा दर्ता भएका विपादमध्ये ३७ वटा विवादको मिलापत्रको अन्तिम टुंगो लागेको छ भने २६ वटा प्रकृयामा रहेको हुँदा गत वर्षको २ वटा गरि जम्मा २८ वटा विवाद प्रकृयामा रहेको जानकारी दिइन् ।

नेपालको संविधानको धारा २१७ को उपधारा १ अनुरूप गठित भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ को उपधारा १ र २ को अधिकार क्षेत्रभित्र रही न्यायिक समितिले विभिन्न प्रकृतिका विवाद दर्ता तथा फछ्यौट गरिएको छ ।

मिलापत्रकै विधिबाट विवाद किनारा लगाउन प्राथमिकतामा राखिएको उपमहानगरका कानुनी सल्लाहकार भुपबहादुर केसीले बताए ।
सो अवसरमा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले न्यायीक समितिले नागरिकको सेवामा प्रदान गरेको सेवालाई विश्वसनीय बनाउँदै न्यायीक समितिले गरेका राम्रा काम संचारमाध्यममा उजागर गर्न तर्फ लाग्न आग्रह गरे ।

न्यायीक समिति सदस्य पवित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट शुरुभएको पत्रकार सम्मेलनको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गरेकी थिइन् ।